गण्डकीका तीन मन्त्रीले लिए शपथ

पाेखरा | माघ १०, २०७९

गण्डकीका तीन मन्त्रीले लिए शपथ

पोखराः  गण्डकी प्रदेशका ३ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । 


नेकपा एमालेबाट रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्री र नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन । 


हेनुहोस् कसले कुन मन्त्रालय पाए ? 


गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । 


एमालेका खगराज अधिकारी मुख्यमन्त्री, सीता सुन्दास आर्थिक मामिला मन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् । 


नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् । 


गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । 

 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्